तराई मधेश जागरण अभियान: महोत्तरीको तयारीको लागि नेताहरु जनताको घर खोज्दै

बिशाल बस्नेत/ २० फाल्गुन, महोत्तरी । तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीका नेताहरु जनताको घर खोज्न व्यस्त वनेका छन् । अभियानमा सहभागी हुने अध्यक्षसहित पदाधिकारीहरुलाई २१ गते रातिको बासस्थानको लागि उनीहरु दौडधुपमा लागेका हुन् ।

यो अभियानले भुईमान्छेहरुको समस्या र अफ्ठ्याराहरुको पहिचान गर्ने भएकाले पनि जनताको घरलाई नै प्राथमिकतामा राखेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।

माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

यही अन्तर्गत फाल्गुन-१२ गते झापाको कचनकवलको वनियानी वजारवाट सुरु भएको यो अभियान २१ गते महोत्तरीको मटिहानी नगरपालिकामा प्रवेश गर्ने कार्यक्रम छ ।

सोही राति मटिहानी र जलेश्वरमा बस्ने र २२ गते सम्सी बजारमा बिशाल खुल्लासभा गर्ने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । ‘ धेरैजसो समय आधारभूत वर्गको घरमा विताउने र सम्बन्ध बिस्तार गर्ने पार्टीको निर्णयअनुसार महोत्तरीमा पनि पूर्ण तयारीमा लागेका छौ ।’ इन्चार्ज खडकाले भने । ‘पार्टीका सवै पदाधिकारीहरु अध्यक्ष प्रचण्डसहित उपस्थित हुने भएकाले हामी पनि निक्कै उत्साहित छौ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।