महोत्तरीमा माओवादीको तराई मधेश जागरण अभियानको भब्य तयारी, २२ गते प्रचण्डले सम्बोधन गर्ने

बिशाल बस्नेत/२१ फाल्गुन, महोत्तरी ।  तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीले भब्य तयारी गरेको छ । २२ फाल्गुनमा जिल्लाको  सम्सी बजारमा हुने आमसभामाको लागि पूर्ण  तयारी गरेको हो ।

आमसभामा मात्र १२ हजार मानिसहरु  सहभागी हुने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।

यही अन्तर्गत आज नै अध्यक्ष प्रचण्डसहित पदाधिकारीहरु जिल्लाको मटिहानी प्रवेश गर्नेछन । मटिहानीका नगरप्रमुख हरि मण्डल र जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले उनीहरुलाई भब्य स्वागत गर्ने कार्यक्रम छ ।

पदाधिकारीहरुलाई स्वागत गर्न जिल्लाका मुख्यद्वारहरुमा मात्र २ सय भन्दा बढी गेटहरु सजाईएका छन् । २२ गते एकडारा गाँउपालिकामा जनतासँग खुल्ला संवाद गरेपछि पदाधिकारीहरु सम्सीतर्फ अगाडी बढने माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रकाश पोखरेलले जानकारी दिए ।

   फाल्गुन-१२ गते झापाको कचनकवलको वनियानी वजारवाट सुरु भएको यो अभियान २२ गते आमसभा गरेपछि सर्लाही प्रवेश गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

  

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖