एमाले मोरङ अधिवेशन : ८८८ मत खस्यो, मतगणना भोलि हुने
मोरङ । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानमा ८८८ प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका छन्।
विराटनगरस्थित होटल मनास्लु इनमा सम्पन्न मतदान बिहान १० बजेबाट सुरु भएर केहीबेरमै सकिएको थियो। निर्वाचन अधिकृत डिल्लीराम घिमिरेका अनुसार ९७ प्रतिशत मतदान भएको छ। कुल ९११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित रहेका छन्।
मतगणना भने पार्टी कार्यालय विराटनगर पाञ्चालीमा भोलि बिहानबाट सुरु गरिनेछ। अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ।
संस्थापन समूहबाट:
अध्यक्ष – राजकुमार ओझा
उपाध्यक्ष – शान्ति लिम्बू भुजेल
सचिव – रविन थापा
उपसचिवद्वय – शिल्पा निराला कार्की र इर्जालाल राजवंशी।
इतर समूहबाट:
अध्यक्ष – अजम्बर राई
उपाध्यक्ष – सागर थापा
सचिव – सोमराज थापा
उपसचिवद्वय – सन्तोष बान्तवा र उषा झा (ठाकुर)रहेका छन् ।
अधिवेशनमा ३२५ जनाले मनोनयन दर्ता गराएका थिए, जसमध्ये ७१ जना निर्विरोध निर्वाचित भए भने ६३ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। शनिबारदेखि जारी अधिवेशनले पाँच पदाधिकारीसहित १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ।


