कुलमान कानुनभन्दा माथि छैनन् : मन्त्री खड्का

काठमाडौँ । उर्जा, जलस्रोत र सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिदै कुलमान कानुन भन्दा माथि नरहेको बताएका हुन् ।   

उनले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै यसको श्रेय भारतलाई दिनुपर्ने समेत बताए । मन्त्री खड्काले भारतसँग विद्युत बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको बताए ।

मन्त्री खड्काले कुलमानको कार्यसम्पादन मुल्यांकनमा शुन्य अंक दिइएको विषयमा जानकारी दिदै नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको स्पष्ट गरे ।

उनले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको भएपनि कुलमानले समयमा नबुझाएको बताए ।

उनले भने- ‘एकैचोटि पुसमा ल्याएर आफैँ नम्बर दिएर ९९.७८ आएको छ भनेर मन्त्रालयलाई दिनुभयो ।’ खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताउए । साथै मन्त्री खड्काले ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नू’ भनी सांसदहरुलाई कटाक्ष समेत गरेका थिए  । खड्काले भने- ‘कि मलाई भनिदिनुपर्यो माननीयज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन । संविधानमा लेखिदिनुपर्‍यो ।’

साथै मन्त्री खड्काले आफुलाई नटेरेको बताउदै भने- ‘उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन । चिन्दै चिन्नुभएन ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।