एमाले मोरङ अधिवेशन: ६८० मत गन्दा अघिअघि विद्याका उम्मेदवार, पछ्याउँदै ओली पक्षका ओझा

मोरङ । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भएको मतदान को मतगणना जारी छ ।

भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार ६८० मतगणना गरिसक्दा अध्यक्षसहित चार जना पदाधिकारीमा नेता विनोद ढकाल नेतृत्वको प्यानलले अग्रता कायमै राखेको छ। अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले ३३२ मत ल्याएका छन्।

उता अध्यक्ष केपी शर्मा ओलीसहितको साथ पाएका राजकुमार ओझा ३२१ मतसहित पछ्याउँदै छन्।

उपाध्यक्ष पदमा ढकाल प्यानलका सागर थापाले ३२० मत पाउँदा उनीसँग प्रतिस्पर्धामा रहेकी संस्थापन पक्षीय शान्तिकुमारी लिम्बूले ३०५ मत ल्याएकी छन्। सचिवमा ढकाल पक्षीय सोमराज थापाले ३४७ मत ल्याएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका संस्थापन पक्षीय रविन थापाले २८६ मत पाएका छन्।

उपसचिव पदमा ढकाल पक्षीय सन्तोष बान्तवाले ३७० मत ल्याउँदा संस्थापन पक्षीय इर्जालाल राजवंशी २४६ मत पाएका छन्।

उपसचिवमा भने झिनो मतान्तर छ। संस्थापन पक्षीय शिल्पा निराला कार्कीले ३२३ मत पाएकी छन भने ढकाल पक्षकी उषा झाले ३०८ मत पाएकी छन्। संस्थापन तर्फ कार्की मात्रै अघि छिन्।

जिल्ला कमिटी चयनका लागि राजकुमार ओझा र अजम्बर राईको नेतृत्वमा प्यानल बनेको छ । दुवै प्यानल चुनावी मैदानमा उत्रिएका छन् । ८ सय ८८ मत खसेको थियो। अब २०८ मत गन्न बाँकी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।