छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको रवि लामिछानेको आरोप

भैरहवा, फागुन २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छलकपट गरेर सरकारले संसद प्रवेशमा रोक लगाएको आरोप लगाएका छन् ।

सहकारी ठगी मुद्दाको पहिलो तारिख बुझ्न सोमबार रुपन्देही जिल्ला अदालत पुगेका लामिछानेले यस्तो बताएका हुन । बहस सकिएपछि जिल्ला अदालत बाहिर पत्रकारहरुसंग कुरागदै सभापति लामिछानेले पत्रकारहरुसंग बोल्दै भने “सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सनो भएको भए मलाई मात्र पुर्न मिल्थ्यो तर सरकारले यति ठूलो खाल्डो खन्योकी त्यसमा ति सबै जना जाकिन्छन् ।”

उनलाई आगामी वैशाख २३ गते अर्को तारिख दिइएको अदालतका श्रेस्तेदार यज्ञ मूर्ति ज्ञवालीले बताए । लामिछानेले सोम नम्बर ७ फाँटमा तारिख बुझेको उनको भनाई छ ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले १३ माघमा तत्काल प्राप्त प्रमाणका आधारमा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।

अदालतले किन माग्यो रविसँग एक करोड धरौटी ? लामिछानेले आजै तुलसीपुर उच्च अदालत बुटवल इजलासमा जिल्ला अदातलको आदेशविरुद्ध पुनरावेदन दर्ता गराएका छन् । उनले साधारण तारेखको माग गरेका छन् । लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले यसअघि नै पुनरावेदन दिइसकेको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।