संसदमा राप्रपाको हुंकार : यो ट्रायल मात्र हो, पूरा फिल्म रिलिज हुनै बाँकी छ

काठमाडौं । राप्रपाकी सांसद रोशन कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहको पछिल्ला दिनको गतिविधिप्रति गणतन्त्रवादीहरु डराएको दाबी गरेकी छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद कार्कीले गणतन्त्रवादीहरुलाई चेतावनी दिँदै यी दृश्य केवल ट्रायलमात्र भएको र पूरा फिल्म रिलिज हुनै बाँकी रहेको बताईन् ।

उनले भनिन्- ‘एक जना मित्रले भूत देख्नु भएछ । लेलिनको भूत हो कि माओवादीको भूत ?  उहासँग प्रश्न गर्न चाहान्छु । अर्को एक जना मित्रले राजाको जयजयकार गरेको र नेताहरु जिल्ला जाँदा मुर्दावाद गरेको देख्नुभएछ । यो त मित्र ट्रायल मात्र हो ।अरु जिल्लाका मान्छे थपिए । बाँकी ७३ जिल्लाका मान्छेहरु थपिएभने जुन भिड आउँछ । त्यो देखेर नआँतिनु होला लुक्ने ठाउँ अहिले नै खोज्नुहोला ।’

सांसद कार्कीले गत आइतबार काठमाडौंमा पूर्व राजाको स्वागतमा लागेको भीड वर्तमान सरकारको नालायकीपनका कारण लागेको दाबी गरिन् । उनले भनिन्- ‘सबै जनाको नागरिक अधिकार छ । सबैले आफ्नो कुरा राखन पाउँछन् । २५ गतेको भीड नालायक सरकारले जन्माएको भीड हो । बुझिरहनुस् । यो सरकार जतिदिन रहन्छ भीड अझै बढ्छ ।’
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।