त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता

काठमाडौँ । काठमाडौँको प्रमुख कलेज त्रिचन्द्र कलेजको स्वतन्त्र बिधार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल बिधार्थी संघबाट तीन जनाको उम्मेदवारी परेको छ ।

सभापतिमा श्रीधर श्रेष्ठ र गोविन्द कोइरालाले आधिकारिक उम्मेदवार दाबि गर्दै उम्मेदवारी दर्ता गरेका छन् भने सागर न्यौपानेले स्वतन्त्र उम्मेदारी दर्ता गरेका छन् ।

श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।   

श्रेष्ठले आफुलाई आधिकारिक उम्मेदारी बताएका छन् । आफुलाई आधिकारिक उम्मेदवार बनाएपछि श्रेष्ठले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र परिवर्तन ल्याउने बताएका छन् । साथै उनले क्याम्पसको भौतिक पूर्वाधार सुधार, पुस्तकालय स्तरोन्नति, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, स्वच्छ अध्ययन वातावरण निर्माण र प्रशासनिक पारदर्शितालाई  प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति पदका लागि श्रेष्ठसहित अन्य विद्यार्थी संगठनबाट कुल ९ जनाको उम्मेदवारी परेको छ । त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध अन्य सात विद्यार्थी संगठनहरूबीच चुनावी तालमेल गरिएको छ । तालमेल गरेका सात विद्यार्थी संगठनले अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।