पुर्वपदाधिकारीहरुलाई सुबिधा दिने कानुनको गगन थापाले गरे विरोध

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुर्वपदाधिकारीहरुले आजीवन सुबिधा पाउने कानुनको विरोध गरेका छन् ।

महामन्त्री थापाले शनिबार प्रथम तुम्बेवा महोत्सव २०८१ लाई सम्बोधन गर्दै  राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत नभएको बताउदै यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्ने बताएका छन् ।
स्वास्थ्य मन्त्री हुँदा सरकारी खर्चमा विदेश उपचार बन्द गर्ने कानुन ल्याएका महामन्त्री थापाले जनताको ढुकुटीबाट जीवनभर सेवा सुविधा दिने कानुन ल्याउने तयारीको विरोध गरेका हुन् ।

उनले भने- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत छैन । सरकार चलाउन नसके पनि कम्तीमा यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्छ !’

गत पुस ९ मा बसेको मन्त्रिपरिषद् बैठकले ‘पूर्वपदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा तयार पार्न गृह मन्त्रालयलाई स्वीकृत दिएको पाइएको छ । गृहकै प्रस्तावलाई मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिएपछि पूर्वपदाधिकारीका लागि आजीवन सुविधा दिने गरी विधेयकको मस्यौदा निर्माणको प्रक्रिया शुरु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।