चितवनका ९८ वटै वडामा एमालेको गणतन्त्रका पक्षमा सचेतना अभियान सम्पन्न

चितवन । चितवनका ९८ वटै वडामा एमालेले लोकातान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न सचेतना अभियान सञ्चालन गरेको छ।

नेकपा (एमाले) ले देशभरका सबै वडामा एकसाथ लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान चलाउने घोषणा गरेको थियो।

सोही घोषणा अनुरुप चितवनका सबै वडामा कार्यक्रम सम्पन्न गरिएको एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीले जानकारी दिए।

मुलुकमा हाल भइरहेका अलोकतान्त्रिक गतिविधि विरुद्ध जनतालाई सचेत गराउनका लागि अभियान सञ्चालन गरिएको हो। ‘प्रतिगामी चलखेललाई परास्त गरौं, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौं’ भन्ने नाराका साथ जिल्लाभरका वडामा अभियान चलाइएको एमाले चितनका अध्यक्ष कमलराज पाठकले बताए।

एमालेले चैत महिनाभर विभिन्न कार्यक्रम गरी देशभर अभियान चलाउने घोषणा गरेको छ। प्रतिगामीविरुद्ध जनपरिचालन एवम् जनसचेतना कार्यक्रम मोटरसाइकल र्यालीका साथै सबै जिल्लामा जागरणसभा चैतसम्ममा आयोजना गर्दै छ ।

चैत २४ देखि ३० गतेसम्म प्रमुख सहरहरु धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगन्ज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय एमालेले गरेको छ। प्रदेश तहमा हुने सभामा पार्टी केन्द्रबाट वक्ता पठाइने र जिल्ला तहको सभाका लागि भने आवश्यकता आधारमा केन्द्रीय नेता खटाउने एमालेको तयारी छ।

पार्टी केन्द्रको यही चैत ४ गतेको सचिवालय बैठकले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरुप्रति गम्भीर रुपमा छलफल गरी पार्टी संविधान र यसले संस्थागत गरेको लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रणाली र सामाजिक न्याय जस्ता उपलब्धिको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ।

एमालेले अभियान सञ्चालन गर्दा तथ्यका आधारमा गर्न पनि निर्देशन दिएको छ। पञ्चायतकालीन र लोकतन्त्रको अवधिमा भएका आर्थिक र सामाजिक विकासका साथै जनताको जीवनस्तरमा आएको व्यापक परिवर्तन सम्बन्धमा तथ्यगत विवरणका बारेमा एमालेले जनतालाई जानकारी गराइरहेको छ।

अभियानका क्रममा पञ्चायतको अन्त्यपछि कूल ग्रार्हस्थ उत्पादन, प्रतिव्यक्ति आय, निरपेक्ष गरिबी दर, सडक सञ्जाल विस्तार, जनतालाई आधारभूत पिउने पानीको उपलब्धता, सञ्चार सुविधा, विद्युत उत्पादन तथा उपभोग, नेपालीको औसत आयु वृद्धि, मातृशिशु मृत्युदर घटाउन हासिल उपलब्धिबारे आम जनसमुदायलाई अवगत गराउने गरी एमालले अभियान घोषणा गरेको थियो।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।