धनकुटाको विकास र समृद्धीका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने :कोशी प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री राई
धनकुटा । कोशी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्रि भुपेन्द्र राईले धनकुटाको विकास र समृद्धीका लागि प्रदेश सरकारले विशेष योजना ल्याउने वताउनु भएको छ ।
नेपाली कांग्रेस धनकुटाको आयोजनामा सोमवार गरिएको अन्र्तक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । उहाँले धनकुटा अस्पताललाई एक सय बेडको बनाउन,गुणस्तरीय र विशेषज्ञ सेवा उपलब्ध गराउने समेत वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई,संविधान सभा सदस्य लिला सुब्बा,उपसभापती सुनिल कुमार डंगोल,सचिव विजय सन्तोषी राई लगायतका नेताहरुले स्वास्थ्य मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय संग सम्वन्धित विभिन्न योजनाहरका लागि बजेट बिनियोजन गरी दिन अनुरोध गर्दै माग पत्र बुझाएका छन् ।


