एकीकृत समाजवादी झापाको १०औं अधिवेशन बैशाख २७ र २८ गते हुने

भद्रपुर, १७ चैत : नेकपा (एकीकृत समाजवादी) झापाको १०औं जिल्ला अधिवेशन २०८२ बैशाख २७ र २८ गते बिर्तामोडमा आयोजना गरिने भएको छ ।

 

नेकपा (एकीकृत समाजवादी) झापाको कार्यालय कमिटीको बैठकले १०औं जिल्ला अधिवेशनको मिति तयारी गरेको हो ।

एकीकृत समाजवादीका उपमहासचिव तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यता, पोलिटव्यूरो सदस्य तथा कोशी प्रदेशका मन्त्री खिनु लुङ्बासहित केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलको उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।

जिल्ला कमिटी झापाका अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा बैठक बसेको थियो । सो बैठकले पार्टीको १०औं जिल्ला अधिवेशन बिर्तामोडमा आयोजना गरिने र त्यसलाई बृहत जनसभागिता बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।

यसअघि, पार्टी कार्यालय बिर्तामोडमा सम्पन्न बैठकले चैत १६ र १७ गते जिल्ला अधिवेशनको मिति तय गरेको थियो । तर, मुलुकमा पछिल्लो समय बदलिएको राजनीतिक घट्नाक्रमसंगै उत्पन्न समस्यालाई मध्यनजर गर्दै मिति सारिएको हो ।

अध्यक्ष रेग्मीले चैत १५ गते काठमाण्डौं केन्द्रित समाजवादी मोर्चाको वृहत कार्यक्रममा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र महासचिव घनश्याम भुषालको व्यस्त कार्यक्रमका कारण झापाको अधिवेशनलाई केही पर सारिएको बताए । अध्यक्ष रेग्मीका अनुसार अधिवेशनको उद्घाटनका लागि अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भुषाल लगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिती रहनेछ । सो अवसरमा पार्टीको तर्फबाट झापाका पुराना बामपन्थी अग्रज नेताहरुलाई सम्मान गरिने भएको छ ।

बिहिबारको बैठकले केन्द्रीय सदस्य तथा झापाका सहइन्चार्ज नीलमणी बराको संयोजकत्वमा आर्थिक सहयोग संङ्कलन उपसमिति समेत गठन गरिएको छ ।

सो उपसमितिमा नेपाल खेलकुद महासंघ समाजवादी कोशी प्रदेशका अध्यक्ष शकंर थापा, एकीकृत समाजवादी प्रदेश सदस्य बासु दुलाल, जिल्ला कमिटी पदाधिकारीहरु, अनिलदेब राई (दमक), श्रीप्रसाद सिटौला (बिर्तामोड), होमबहादुर बराल (कमल), सानुकुमार लामा (भद्रपुर), प्रेमसागर सापकोटा र श्रीप्रसाद मिश्र रहनुभएको कार्यालय सचिव पर्शुराम शकंरले जानकारी दिए ।

यसअघि, उपसचिव तथा समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देलको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, केन्द्रीय सदस्य तथा झापाका इन्चार्ज पुष्पराज पोख्रेलको संयोजकत्वमा निर्देशन समिति गठन गरिसकेको छ ।

त्यस्तैं, यसअघिको बैठकले अधिवेशनका लागि गठन गरिएको उपसमिति र तोकिएका व्याक्तिहरुले आउँदो अधिवेशनलाई लक्षित गरेर पार्टी कार्यालयसंग समन्वय गरी कार्ययोजना पेश गर्न निर्देशन गरिएको सचिव बिपी भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय सदस्य तथा झापाका सह इन्चार्ज चन्द्रा श्रेष्ठ, साविता भेटुवाल लगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।