नयाँ वर्षको बिहान (कविता)
कविता
नयाँ वर्षको बिहान
✍️दिलकुमार घमाल
नव प्रभातले ल्यायो सन्देश नयाँ
उज्यालो झल्कियो, हरायो पुरानो छाँया
नयाँ आशा, नयाँ सपना बोकेर
आयो जीवनमा एक नवीन माया ।

गएको वर्षको सम्झना मिठास बनोस्
गल्ती र पीडा अब पाठ बनोस्
जुन बाटो हिँड्यौं, तिनलाई हेरी
आज फेरि संकल्प नव जीवन जोडी ।
नयाँ वर्षमा होस् आत्मबल गहिरो
नडराऊँ कठिनाइ, गरौं सबै थलो उज्यालो
सपना न हो सधैं टाढा रहने
कदम चालौं, नढलौं, नअडिने ।
शब्द होइन, कर्म बनोस् हाम्रो चिनारी
हृदयमा होस् प्रेम, मनमा उज्याली
शुद्ध मनले गढौं नयाँ युगको गाथा
जहाँ न्याय, शान्ति र समता हो साथमा ।
नयाँ वर्ष होस् केवल पात्रोको पन्ना होइन
होस आत्मा शुद्ध बनाउने पावन अभियान
मिठा मुस्कान, साँचो भावनाको संगालो
नयाँ वर्ष बनोस् सुन्दर भविष्यको उज्यालो ।
-इन्स्ब्रुक, अष्ट्रिया

