हाम्रो सामाजिक चेतनाको स्तर र लाक्पा प्रबृत्ति
जीवनप्रसाद राई । राणाकाल देखि नै धनकुटालाई केन्द्रले प्राथमिकतामा राखेको कारणले धनकुटा आफैले केही नयाँ गर्नुपर्छ भन्ने बिषय नै बिर्सेछ । बहुदल, प्रजातन्त्र र गणतन्त्र सम्म आईपुग्दा हामीले काम गर्नपर्छ भन्ने होईन कि काम गर्नेहरुलाई बिरोध गर्नुपर्छ भन्ने मान्यताको बिकास जनजनमा बस्यौ । आफुलाई भए सबै ठीक अरुलाई भए बेठीक भन्ने भाष्य पनि स्थापित भएर बस्यो यस्तै समयमा धनकुटामा लाक्पा प्रबृतिको उदय भएको छ । आज लाक्पाले उठान गरेको बिषय धेरैलाई मनपरेको छ । मन पराउनेहरुलाई थाहा छैन कि सत्य कुरा के हो ? बिषय उठान गर्नेलाई त स्टन्ट गर्नुछ उनले समाजमा भ्रमको खेती गर्नुछ उसलाई समाज भाँडनु छ र आफुलाई स्थापित गर्नुछ ।
यसको प्रमाण हामीले देखिरहेका छौ कि केन्द्रमा रवि लामिछानेको राजनीति र मोफसलमा हर्क साम्पाङ, हर्कले स्थापित गर्न खोजेको श्रम संस्कृति सही र आवश्यक भए पनि जुन खालको स्टन्ट बीच अघि बढेको छ यसले समाजलाई कालान्तरमा भाँड्ने नै हो । भाँडिएको समाजले मुलुक निर्माण गर्न सक्दैन ।

(जीवनप्रसाद राई )
परेवाहरुको एउटा कथा छ । परेवाहरुको शिकार गर्ने चराको बारेमा बनाईएको यो कथा निकै मार्मिक पनि छ । परेवाहरु जब चारो टिप्ने बेला हुन्थ्यो त्यो बेलामा धेरै परेवाहरु ति शिकारी चराको शिकार हुनुपर्ने भएकोले अब परेवाहरु शिकारी चराको शिकार नहोस भनेर मन्दिरका पुजारीले सबै परेवाहरुलाई जम्मा पारेर एउटा मन्त्र सिकाएछन । “हामी शिकारी चराबाट बच्नुपर्छ” यही मन्त्र बिहान, दिउँसै र बेलुकै कण्ठ गर्न लगाए र परेवाहरुले बिहानै, दिउँसै र बेलुकै यो मन्त्र जप्दै बसे । यो मन्त्रले शिकारी चराहरुलाई कुनै अर्थ राख्दैनथ्यो किनकी परेवाहरुलाई शिकार गर्न उनीहरुको कला प्रकृतिले नै दिएको हुन्थ्यो भने परेवाहरु निश्चय नै प्रकृतिमा शिकार हुनुपर्ने वर्गमा हुन्छन । परेवाहरुले आफु सुरक्षित हुने मन्त्र मात्रै जपे तर सुरक्षित हुने तरिकाको बारेमा बेलैमा तरिका अपनाएनन । यही मौकामा शिकारी चराले परेवाहरुको शिकार गर्न थाले । शिकार हुने भईगए सकिए बाँकी परेवाले हामी जसरी पनि शिकारी चराबाट बच्नुपर्छ भने । फेरि शिकारी चराले परेवाको शिकार गर्न रोकेनन् एवं रीतले परेवाहरु एकपछि अर्को सकिदै गए । अन्तिममा एउटा परेवा बाँकी हुदा सम्म पनि त्यो सिकाईएको मन्त्र जप्दै सबै परेवाहरु सकिए ।
कथाले भन्न खोजेको बिषय के हो भने धनक्टाका लागि केही गर्न खोज्ने उमेश घिमिरे र बृष बहादुर राई लाई आज जसरी बिभिन्न मुद्धाको बहानामा उनीहरुको राजनीतिक जीवन नै समाप्त पारियो र पारिन खोजिन्दैछ यसले ति मन्त्र सिकाईएको परेवाको कथा जस्तै हो । उमेश घिमिरेको वायर हाउस प्रकरण र बृष बहादुर राई कफी प्रकरणलाई लिएर जुन शक्ति लगाईएको छ त्यो शक्ति लाक्पाले अन्यत्र बाटै प्राप्त गरेको हो । लाक्पाले आज जे हर्कत गरेको छ यसमा उनको धनकुटाको मेयर बन्ने उच्च महत्कांक्षा पहिलो कारण हो र यसपछि अरुको राजनीतिक दाउपेच पनि । चाहेर वा नचाहेर अनि जानेर वा नजानेर लाक्पा यी प्रकरणहरुमा फिल्डमा देखिएको पात्र हुन । यसमा कति जोखिम मोलेका छन त्यो लाक्पालाई नै थाहा होला । अर्काको राजनीतिक जीवन र सामाजिक जीवन समाप्त पारेर आफु स्थापित हुनुमा जोखिम कति हुन्छ त्यो लाक्पालाई नै थाहा होला यदि थाहा छैन भने निकट भविष्यमा नै थाहा पाउनेछन । उमेश घिमिरे वायरहाउस देखि शुरु भएको प्रकरण बृष बहादुर राई कफी हुदै तुलसी राईको बंगुर प्रकरण सम्म आईपुगेको छ । लाक्पाको यो यात्रा रोकिनेवाला छैन किनकी यसमा सुचना दिने, साथ दिने, सहयोग दिने पर्दा भित्रका पात्रहरु छन ।
आजको दिनमा जुन जुन पात्रहरुले लाक्पालाई सुचना, साथ र सहयोग उपलब्ध गराईरहेका छन उनीहरुलाई यो बिषय थाहा छैन कि भोलिका दिनमा हाम्रो अनुकुलमा लाक्पा चल्दैनन भन्ने । लाक्पालाई हुर्काउन जुन मलजल आज गरिरहेका पात्रहरु छन । तिनै पात्रहरुका लागि यति खतरनाक बनेर आउनेछन त्यो बेला उनीहरुले कल्पनै नगरेको क्षति वा नोक्शानी भोग्नुपर्नेछ । लाक्पा प्रबृति हिजो सानो थियो अहिले उनी हुर्केर निकै ठुलो भएको छ उनी जवान हुन अझै बाँकी छ । आज उनी अख्तियार, समाजिक संजाल मात्रै प्रयोग गरेर धनकुटामा काम गर्नेहरुलाई हिलो छ्याप्ने काम गरिरहेका छन भने भोलिका दिनमा उनी जवान भएपछि सबै खालका प्रपंच गर्न सक्षम हुनेछन । त्यो भनेको हामीले कल्पना गरेको भन्दा बेग्लै र खतरनाक हो । यही बिषय नबुझ्दा नै लाक्पा प्रबृति हुर्कने बातावरण बन्दै गएको छ ।
आज बैधानिक रुपमा पत्रकारिता गर्नेहरु माथि धनकुटाका जनताले विश्वास गर्नै छोडेका छन, राज्यका सबै कार्यबिधि, कानुन मानेर बिकास निर्माणको काम गर्नेहरु प्रति पनि लाक्पाको स्टन्टबाजीका कारण विश्वास गर्दैनन ।
यसै कारणले उनी निकै हौसिएका छन । यस्ता स्टन्टले रासनपानी जम्मा गर्न भने निकै टेवा पुग्न सक्छ लाक्पालाई । आज सामाजिक संजाल अरुलाई खुईलाउन गतिलो माध्यम बनेको छ । बास्तविकता कुरा कतैबाट प्रमाणित हुनै पर्दैन बस कसैले लेखिदिएको बिषयलाई आधार मान्यो र त्यसलाई शेयर गरिदियो सकियो । हाम्रो सामाजिक चेत कति छ भन्ने बिषय सामाजिक संजालबाट देखिन्छ । अर्थात स्टन्टबाजहरुका लागि सामाजिक संजाल स्वर्गभुमि बनेको छ ।
लाक्पा प्रवृतिको भविष्य र अन्त्य ः
जबसम्म सामाजिक रुपमा सत्यतत्थ र सही मापन गर्ने जमातहरुको बिकास हुदैन लाक्पाको भविष्य राम्रो संगले जम्ने देखिन्छ । अहिले कांग्रेसका केही, एमालेका केही र माओवादीका केही मानिसहरुका लागि लाक्पा एकदमै सही छन भन्ने लागेको छ । किनकि त्यहाँ भित्र राम्रा गर्ने मानिसहरुलाई हिलो नफ्याके सम्म उनीहरु कुरुप देखिन्दैनन भन्ने राम्रो संग थाहा भएका हरुले लाक्पालाई उपयोग गर्ने नीति लिने हुन । त्यसको फाईदा लाक्पाले पनि सक्दो लिने नै हुन । लाक्पा समाजको यो पाटो राम्ररी अध्ययन गरेर उपयोग गर्न सक्ने खुबी भएका ब्यक्ति हुन । उनलाई कुनै पनि ब्यक्तिको चित्रण, काम र योगदान अध्ययन गर्न उचित ठान्दैनन जसरी सुपारी लिएर काम गर्ने मान्छेलाई आफुलाई लगाईएको कामको बारेमा मात्रै जानकारी हुन्छ नकि उसको योगदान वा कामको बारेमा जानकारी राख्न ।
अहिले लाक्पाको बारेमा कुरा गर्न पत्रकार, नेताहरु चाहदैनन किनकि उनी तल्लोस्तरको सोच भएको ब्यक्ति हो उसको बारेमा कुरा गरेर वा बिरोध गरेर किन समय खर्च गर्ने भन्ने नीति लिएको देखिन्छ । अर्थात नेपोलियन बोनापार्टले भनेका थिए यो समाजले दुःख पाउनुमा खराब मानिसहरुका आंतकले भन्दा असल मानिसहरुका मौनताले हो भनेका थिए । हो धनकुटेली समाज आज त्यही बाटोमा देखिन्छ । असल तथा सही काम गर्ने बिरुद्ध उनले सामाजिक संजालमा असरल्ल बिषवमन गरे पनि असल मानिसहरुले खण्डन गर्न जरुरी ठान्दैनन । कारण मलाई लाक्पाले केही भनेको छैन अरुलाई भनेको ठाँउमा म किन छुचो हुने भन्ने छ । यहाँ एउटा कथा उल्लेख गर्न एकदमै सही हुन्छ भनेर यो कथा राखिएको छ ।
युरोपमा जतिबेला जातिय द्धन्द्ध चलिरहेको बेलामा एउटा बिबिध जातहरु मिलेर बसेको समाजमा एउटा समुहले आव्रmमण गर्ने योजना बनाएछ । एकैपटक सबैलाई आव्रmमण गर्दा आफु हारिने डरले गर्दा उनीहरुले यस्तो रणानीति तयार पारेछन कि सबभन्दा पहिला मनोबैज्ञानिक रुपमा समाजलाई बिभाजित गर्ने, यसपछि भौतिक रुपमा आव्रmमण गर्ने । यही नीतिअनुसार उनीहरुले पहिला सुन्नी समुदायलाई आव्रmमण गरे सफल भए, त्यही सिया समुदायलाई आव्रmमण गरे सफल भए, प्रोटेस्टेन्टलाई आव्रmमण गरे सफल भए बाँकी रह्यो क्याथोलिक उनलाई बचाउने कोही पनि थिएनन सबै सकिएका थिए । हो आज लाक्पाले धनकुटामा जे गरिरहेको छ त्यो धेरै सोच बिचारले गरिरहेको छ । पहिला समाज बिभाजित गर्ने र आफु स्थापित हुने नीतिमा उनी रहेका छन । यसैले समाजले उनको बारेमा जानेन र जान्न चाहेन भने उनको भविष्य एकदमै उज्जवल रहेको देखिन्छ ।
जति उनको भविष्य राम्रो देखिएको छ नि त्यतिकै दर्दनाक अन्त्यको पनि संभवना रहेको छ । लाक्पा प्रवृतिलाई अन्त्य गर्न अरु कोही पनि चाहिन्दैन । आज जो जस्ले उनलाई पालनपोषण गरिरहेको छ अनि हुर्काउने काम पनि गरिरहेका छन नि । ति मानिसहरुका लागि अनुकुल जतिबेला सम्म हुन्छ त्यो बेला सम्म मात्रै उनको भविष्य हो । तर यसरी गलत प्रबृति बोक्ने मानिसलाई सधैभर पालनपोषण गर्न संभावना हुदैन । मानिस हो दिनदशा लाग्छ, उल्का ग्रह चलेको बेला आफुले सोचेको जस्तो हुदैन उल्कै हुन्छ । आफैले पालेको ब्यक्ति आफनै बिरुद्धमा खनिन थालेपछि उसलाई ठीक पार्नुको बिकल्प हुदैन । कुकुर बरु धेरै ज्ञानी हुन्छ आफुले पालेको कुकुर अरुले मिठो मसिनो दिए पनि आफ्नो मालिकलाई बिर्सदैन र घरमा फर्केर आउने गर्दछ । तर मानिस कुकुर भन्दा धेरै बेईमान हुन्छन आफैले खाना दिएर हुर्काएको अरुको बिरुद्ध भुक्न लगाएको र अरुलाई टोक्न लगाएको मानिस अरुले बढी दिन थाले पछि आफुलाई पनि टोक्छ नै । यसैले यो भविष्यबाणी चाहि मजाले गर्न सकिन्छ कि लाक्पा प्रबृतिलाई जन्माएका र हर्काएका मानिसहरुले नै उस्को बिनास र अन्त्य गर्ने बाध्यता पनि हुन्छ ।


