गाईजात्रा पर्ब एक सांस्कृतिक  उत्सब

सचिन्द्र श्रेष्ठ । दिन दिनै देखिने नेपालमा राजनीतिक ,सामाजिक गाईजात्रा भन्दा फरक बर्ष को १ पटक मनाइने यो पर्ब गाइजात्रा नेवारहरूको मौलिक पर्व हो। गाइजात्रालाई साधारणतय बुझ्दा मृतकको सम्झनामा झाँकी, ब्यङ्य,प्रहसन गर्ने दिन भनेर पनि बुझिन्छ । पितृको सम्झनामा नेवार समुदायले नेवारी बासी भएको ठाउँमा यो जात्रा मनाउने चलन छ। दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।

राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ । गाईको झांकिले मात्र रानी खुसी नभएका कारण अन्य तवरले प्रहसन, ब्यङ्ग, जस्ता कियाकलाप गरे पछि खुसी भएको हुदा सो समयदेखि बर्षेनी हासो ,मजाक टोल टोलमा गर्दै गरेको इतिहासमा उल्लेख छ।

सापारु भनेर मनाउने यस पर्व नेवारहरूको मौलिक पर्व हो ।  दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने गरिन्छ । हिन्दुधर्म अनुसार यस पर्वका बारेमा पद्मपुराणमा उल्लेख छ । यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतआत्माहरूले यमलोक प्रवेश पाई मुक्ति पाउने गरुड पुराणमा उल्लेख भएको छ ।

गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रदालुले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहिआएको छ ।
यस पर्वका क्रममा प्रहसन ,राजनैतिक ,सामाजिक विकृति प्रति व्यङग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका कारुण रसका गीतहरू पनि गाईने चलन छ । हालका दिनहरूमा गाईजात्राका अवसर पारेर समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरजनात्मक तथा व्यङग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने र पत्रपत्रिकाहरू,टि भीमा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य  प्रकाशन ,प्रसारण गर्ने चलन पनि बढेको पाइन्छ।

राजनैतिक घोच पेच गर्ने,सामाजिक बस्तु माथि तीखो प्रहार गर्न हास्यकर्मी लाई तँ गाईजात्रा दशै भन्दा कम हुदैन।ब्यङ्ग, प्रहसन गर्न सजिलो माध्यम पनि गाई जात्रा रहने गर्छ, जसलाई सो मनोरंजन गर्न छुट भएकाले अझ महत्वका साथ मनाउने गरिन्छ ।

  भाद्र कृष्ण प्रतिपदा देखि या जनै पूर्णिमाको भोली पल्ट देखी अष्टमी सम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ (सापारु)हो ।

   गाईजात्रामा वर्षभरि दिवंगत भएका आफन्तको नाममा मृतकको घर बाट गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर शहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी सजिलै तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

  शहरमा गाई पाल्नेहरुले भने साँच्चिकै गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो, पेरुङ्गाको टोपी तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजा सहित नगर परिक्रमा गर्ने चलन छ । वासा : तथा तायमचा जहाँ बॉसको डोको,तायमचामा मृतकको तस्बिर बनाएर नगर परिक्रमा गर्दै दिवंगत आफन्तको सम्झनामा विभिन्न भोजन समेत गर्ने प्रचलन छ । जय गाई जात्रा !!

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।