धनकुटामा एभोकाडोमा लागेको रोगको अनुसन्धान सुरु

धनकुटा, ८ भदौ । सुन्तला खेती मासिदै गए पछि एभोकाडो खेती लाई सुन्तला खेतीका विकल्पमा रुपमा व्यवसायिक खती सुरु गरेका धनकुटाका एभोकाडो कृषक एभोकाडो खेतीमा समेत रोग किराको प्रकोप देखिन थाले पछि समस्यामा परेका छन् ।

यसै समस्यालाई समाधान गर्न एसियाली बिकास बैंक, नार्क र नाफाको बैज्ञानिक सहितको प्राविधिकले किसानका बगँैचामै पुगेर अनुसन्धान सुरु गरेका छन् । रोगकिराको पहिचान उपचार विधी साथै एभोकाडोको जातिय पहिचान, नर्सरी र बगौचा ब्यबस्थापन बारे पनी अध्ययन गरिने टोलिले जनाएको छ ।

पहाडी क्षेत्र कास्ठफल तथा फलफूल बिकास आयोजना (नाफा), नेपाल कृषि अनुसन्धान परिषदका कृषि बैज्ञानिक र प्राविधिकहरूले पाख्रीवास, सुन्तलाजात अनुसन्धान केन्द्र पारिपात्ले लगायत स्थानका बगँैचा तथा नर्सरी अनुगमन गरेको छ ।

किसानका बारी र बगौचामा देखिएका समस्यामा आधारित भएर अनुसन्धान अगाडी बढाएर समाधानका लागि प्रविधी बिकास गर्दै जाने नार्कका कृषि बैज्ञानिकको अमर पुनले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।