धनकुटामा मौरी पालन व्यावसायमा अवसर संगै चुनौती
धनकुटा, १२ भदौ । बढ्दो विषादीको प्रयोगका कारण मौरीका लागि आबश्यक चरन क्षेत्रको अभाव हुदै गएपछि धनकुटामा मौरीपालन व्यवसायमा चुनौती थपिदै गएको ।
अन्नबाली, फलफूल र तरकारी खेतीमा रोगकिराको प्रकोप नियन्त्रणका लागी बिषादीको बढ्दो प्रयोगले जैविक विविधतामा नकारात्मक असरपर्दै गएसँगै मौरीको चरन र बासस्थान बिषाक्त बन्दै गए पछि धनकुटामा मौरी पालनमा चुनौती थपिएको हो ।
मौरी पालनका लागि उपयूतm क्षेत्र धनकुटा भए पनि प्राविधिकको सिफारिस विनै कृषि उत्पादनमा हँुदै आएको बिषादीको उच्च प्रयोगका कारण मौरीको बासस्थान एवं चरन क्षेत्रमा नराम्रो असर परेको कृषि ज्ञाकेन्द्रका प्रमुख नगेन्द्र रानाले बताए ।
सामुदायीक वन उपभोक्ताहरुले कुकाठ भन्दै चिउरी, रुदिलो, धुसुरे जस्ता रुख–बुट्यान मास्नु पनि समस्या बन्दै गएको कृषि प्राविधीकहरु बताउँछन् । केहि वर्ष यता सरकारी निकाय र स्थानियतहले मौरी पालक किसान लाई सहयोग बढाउदै लगे पछि मौरीपालन व्यावसाय फस्टाउदै गएको भए पनी चुनौती भने अझै रहेको केन्द्र प्रमुख रानाले बताए । धनकुटामा मुख्य गरि सेरेना जातको मौरी पालन हँुदै आएको छ ।
धनकुटामा हाल ७ हजार ५०० खोपे तथा स्थानिय घार र ४ हजार ४३२ आधुनिक घारमा मौरी पालन हुदै आएको छ । जस बाट करिब १४ हजार ५३० किलो मह उत्पादन हुने गरेको छ । धनकुटामा १२ सय देखी १५ सय रुपैयाँ सम्ममा प्रतिकिलो मह बिक्रि हुने गरेको छ ।


