इटहरीका मेयर पौडेलले भने “मेरो घर जलेकोमा होइन, देश जलेकोमा दुःखी छु”
इटहरी। जेनजी आन्दोलनका क्रममा आफ्नै घरसहित सार्वजनिक संरचना जलाइएपछि इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमा लाइभ हुँदै उनले भने, “मेरो घर जलेकोमा होइन, देश जलेकोमा दुःखी छु।”
पौडेलले अराजक तत्व र स्वार्थ समूहले आफ्नो घरमा आगो लगाएको दाबी गर्दै जेनजी युवाहरूलाई शान्तिपूर्ण आन्दोलनमा लाग्न आग्रह गरेका छन्।
उनले वडा–टोलको सुरक्षा सबैको जिम्मेवारी भएको बताउँदै परिस्थिती शान्त भएपछि इटहरी पुनःनिर्माणमा लाग्ने प्रतिवद्धता जनाए।-इटहरी अनलाइन


