जेनजी आन्दोलनमा सहिद बनेका संखुवासभाका प्रबिन कुलुङको पार्थिव शरिर गाउँपालिकाको कार्यालय पुर्याई श्रद्धाञ्जली ब्यक्त,गरियो अन्त्येष्टि
संखुवासभा,१ असोज । जेन्जी आन्दोलनमा सहिद बनेका संखुवासभाको सिलिचाेङ गाउँपालिका ३ लकुवाका प्रबिन कुलुङको पार्थिव शरिर गाउँपालिकाको कार्यालय पुर्याई श्रद्धाञ्जली दिईएको छ ।
गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी र स्थानीय नागरिकले श्रद्धाञ्जली दिएका हुन् ।
आज बुधबार हेलिकप्टरबाट कुलुङको शव पालिका पुर्याईएको हो ।हेलिकप्टरबाट ताम्कु स्थित मकालु बरूण राष्ट्रिय निकुञ्ज पुर्याईएको थियो ।
त्यहाँबाट करिब ७ किलोमिटरको दुरीमा रहेको लुकुवा गाउँ पुर्याई अन्त्यष्टि गरिएको छ ।


