झापाबाट टेलिफोनको तार चोरी गर्ने समुह पक्राउ
झापा, असोज ०२ गते । झापाको इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने ५ जनाको समुहलाई पक्राउ गरेको छ ।
असोज १ गते गस्तिमा खटिएको प्रहरी प्रहरी टोलीले ५ वटा बोरामा प्याक गरीएको (अप्टिकल फाईभर टेलिफोन) को तार चोरी गरी नेपालबाट भारत तर्फ लादै गरेको अवस्थामा भारत दार्जिलिङका २४ बर्षीय कातिक अधिकारी, ३४ बर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ती गाउँपालिकाका २५ बर्षीय बिजय राजवंशी, कचनकबल गाउँपालिका-३ का ४२ बर्षीय संजय माझी र इलामको माई नगरपालिका-३ का २७ को दिनेश परियारलाई पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट आवश्यक अनुसन्धान भईरहेको छ ।


