तेह्रथुमको आठराईमा संविधान दिवस यसरी मनाइदै
तेह्रथुम,३ असोज । आठराई गाउँपालिकाको आयोजनामा संविधान दिवस विभिन्न कार्यक्रम सहित मनाइदै छ।
कार्यक्रम बिहान ८:३० बजे फागुनन्द चोकबाट सुरु भएको प्रभात फेरी भगवती मन्दिरसम्म पुगेको थियो। त्यसपछि भगवती मन्दिरबाट तीनवटा समूह बनाएर बजार क्षेत्र, पालिका परिसर र धार्मिक स्थलहरुमा सरसफाई अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
यसैगरी संविधान दिवसको अवसरमा बेलुकी ५:३० बजे आठराई गाउँपालिकाको कार्यालय प्राङ्गणमा दिप प्रज्वलन कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा आठराई गाउँपालिका, स्थानीय बजारवासी, सरकारि तथा गैरसरकारी संघ संस्था, इलाका प्रहरी कार्यालय आठराई लगायतको उपस्थिती रहेको छ ।
उक्त कार्यक्रमबारे जानकारी दिंदै गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले संविधान दिवसलाई ऐतिहासिक महत्वसहित मनाउन सबैलाई आव्हान गर्नुभयो।-सुजन ढकाल/रेडियो आठराई


