बेलबारी नगरपालिकाले भन्यो : पुनःनिर्माणका नाममा कसैले पनि रकम संकलन नगर्नुस्

मोरङ । मोरङको बेलबारी नगरपालिकाले पुनःनिर्माणका नाममा कसैलाई पनि रकम संकलन नगर्न चेतावनी दिएको छ ।

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नगरपालिका सहित अन्तर्गतका कार्यालयहरूमा भएको भौतिक क्षतिको पुनःनिर्माणका नाममा रकम संकलन भइरहेको भन्ने सूचनाबारे नगरपालिकाले चेतावनी दिएको हो।

क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि बेलबारी नगरपालिका बाट कुनै पनि संगठन, समूह, संस्था वा व्यक्तिलाई रकम संकलन गर्ने अनुमति वा निर्णय गरिएको छैन ।

प्रमुख प्रशासकीय अधिकृत संजय बहादुर राजलवटले विज्ञप्ति जारी गर्दै नगरपालिकाको नाममा रकम संकलन भइरहेको भनी भ्रममा नपर्न नगरबासीलाई आग्रह गरेका छन्। उनले नगरपालिकाले पुनःनिर्माणका सबै प्रक्रिया आधिकारिक ढंगले मात्र अघि बढाउने स्पष्ट पारेका छन्।

पुर्ननिर्माणका नाममा बेलबारी ८ सहितका वडामा केही ब्यत्तिहरुले रकम संकलन गरिरहेको समाचार यसअघि प्रकाशन र प्रसारण भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।