काउली बोकेको पिकअपमा ३३४ केजी गाँजा

सञ्जय मिश्रा/ रौतहट, ५ असोज ।  रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।

 

भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८ मोतिपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३-०१-०२२ च १८६१  बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले बताएका छन्।

 

मोतिपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो। तर तलको भाग चेक गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।

 

गाडी चालक भने प्रहरी देख्ने वित्तिकै फरार भएका कारण प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर चालकसहितका अन्य संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको  प्रवक्ता  कार्कीले जानकारी दिएका छन्।

 

हालैको जेन–जी आन्दोलनका कारण प्रहरी युनिटमा भएको जनधनको क्षतिपछि गस्तीमा कमी आउन थालेको मौका छोपी तस्करले गाँजा तस्करी पुनः सक्रिय गर्न खोजेको थियो। तर प्रहरीको सक्रियताले पक्राउ परेका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖