विराटनगर महानगरको जलेको भवनको विज्ञ प्राविधिक टोलीद्वारा अवलोकन

विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको विराटनगर महानगरपालिकालाई पहिलाकै अवस्थामा पुनः सञ्चालनका लागि तीव्र रुपमा कार्य भइरहेको छ ।

महानगरले जलेका सबै कोठाको सरसफाई गरिसकेको छ । अत्यावश्यकसहित आंशिक रुपमा सबै सेवाहरु सुचारु गरेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ्चालनमा ल्याउन सकिने नसकिने विषयमा महानगरले विज्ञ प्राविधिक टोली बोलाएर अवलोकन गराएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयकी डीन डा. रेखा श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका अविनाशकुमार मण्डल, नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपानेसहितको विज्ञ प्राविधिक टोलीले आज आइतबार सबै कोठाको अवलोकन गरेको छ ।

विश्वविद्यालयको टोलीसहित नेपाल इन्जिनियर एसोसिएसन र महानगरका विज्ञ प्राविधिकहरुले अवलोकन गरेका थिए । प्रारम्भिक अवलोकन र परीक्षणबाट मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्था देखिएको विज्ञ टोलीको भनाइ छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको महानगरको प्रशासनिक भवनलाई पुनः सञ्चालनमा ल्याउनका लागि प्राविधिक टोलीमार्फत अवलोकन र परीक्षण गराइएको महानगरका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

भौतिक पूर्वाधार महाशाखा, राजस्व महाशाखा, घरनक्सा शाखा, बैठककोठा लगायतमा बढी क्षति पुगेको छ । महानगरका तीनवटा भवनमध्ये प्रवेशद्वार छेउको राजस्व महाशाखा रहेको भवनमा सबैभन्दा बढी क्षति पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।