कस्ले गर्यो त बेलबारीमा तोडफोड र आगजनी ?
बेलबारी । जेनजी आन्दोलनका क्रममा मोरङको बेलबारी नगरपालिका सहितका सरकारी कार्यलयहरु र अन्य संघसंस्थामा तोडफोड र आगजनी आफुहरुले नगरेको भन्दै जेनजी समुह बेलबारीले बिज्ञप्ती प्रकाशित गरेपछि यदि उनीहरुले नगरेको भए यत्रो ठुलो आगजनी र तोडफोड कस्ले र किन गर्यो त भन्ने प्रश्न उब्जिएको छ ।
आन्दोलनका क्रममा भाद्र २४ गते बेलबारी नगरपालिका,वडा नम्बर २ र ११ को कार्यलय,बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहको कार्यलय,बेलबारी ३ मा रहेको बेलबारी चिसाङ साझेदारी बनको कार्यलय,बेलबारी १ मा रहेका नेपाली काँग्रेस,नेकपा एमाले,माओबादी केन्द्र,बेलबारी ३ मा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी,मंगोल नेशनल पार्टी लगायतका कार्यलयमा तोडफोड र आगजनी भएको थियो । आगजनीबाट कति क्षति भयो भन्ने बारेमा अहिलेसम्म कुनै आधिकारिक निकायबाट पुष्टि भएको छैन,तथापी करोडौको नोक्सानी भएको अनुमान छ ।
यसैबिच नेकपा माओबादी केन्द्रले सार्बजनिक गरेको बिज्ञप्तीमा भने स्पष्ट कुरामा जेनजी आन्दोलनको समर्थन गर्दै नगरपालिका,वडा कार्यलय र संघसंस्थाहरुमा बढेको भ्रष्टचार,बेतिथि र अनियमितताका कारण सिंगो नगरबासीहरु नै असन्तुष्ट रहेको र यो आक्रमण नागरिक स्तरबाटै भएको भन्नेतर्फ संकेत गरिएको छ । यसअघि नेकपा एमाले र नेपाली काँग्रेसले समेत बिज्ञप्ती जारी गरेका थिए । उनीहरुले पनि आन्दोलनको समर्थन गरेका थिए ।
यता ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख ईन्स्पेक्टर कृष्ण खत्री भने आन्दोलनका नाममा तोडफोड र आगजनी गर्ने छुट कसैलाई नभएको र त्यस्ता ब्यत्तिहरुलाई कानुनी दायरामा ल्याउने तयारी भईरहेको बताउँछन । उनले फेसबुक,टिकटक लगायतका सामाजिक सञ्जालमा पोष्ट भएका भिडियोहरुका आधारमा त्यस्ता ब्यत्तिहरुको खोजी भईरहेको जानकारी दिएका छन ।-बेतना दैनिकबाट


