माई खोलामा डुबेर ४ बर्षिया बालिकाको मृत्यु

झापा । झापाको झापा गाउँपालिका–३ झाँसीमा १ नाबालिका खोलामा डुबेको अवस्थामा सोमबार बिहान मृ,त फेला परेकी छिन् ।

प्रहरीका अनुसार मानबहादुर दर्जीकी ४ वर्षीया छोरी विष्णुमाया दर्जी आइतबार दिउँसो करिब २ बजेदेखि हराएकी थिइन् । खोजी गर्ने क्रममा सोमबार बिहान ७ बजेतिर शव फेला परेको हो ।

घरनजिकैको सानो माई खोलामा डुबेको अवस्थामा नाबालिकाको शव फेला परेको झापा प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानपछि मात्रै नाबालिका मृत्युको विस्तृत कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।