झापाको विर्तामोडमा धारिलो हतियार प्रहार गरी हत्या
झापा । झापाको बिर्तामोड –७ खालबाडीमा आइतबार राति घरमै बस्दै आएका ३५/३६ वर्षीय फुर्बा तामाङलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
घटनामा संलग्न सोही स्थानका २७/२८ वर्षीय प्रेमकुमार राई र ३३ वर्षीय रामकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले खुकुरी र बसिला बरामद गरेको छ। थप अनुसन्धानका लागि जिप्रका झापाबाट टोली खटिएको प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ।


