विराटनगरमा देवरले गरे आफ्नै भाउजुमाथि तेजाब प्रहार
विराटनगर । विराटनगर महानगरपालिका–९ मा भाउजुमाथि देवरले तेजाब प्रहार गरेका छन् ।
सोमबार सामान्य विवाद हुँदा २२ वर्षीय छोटु भनिने श्रवन साहले अनुहारमा तेजाब प्रहार गरेर फरार भएका हुन् ।
घाईतेको उनका श्रीमान सन्तोष साहले न्यूरो अस्पतालमा भर्ना गरेर उपचार गराई रहेको प्रहरीले जानकारी दिएको छ । घाईतेको अवस्था सामान्य रहेको अस्पताल स्रोतले प्रहरीलाई बताइएको छ ।
घटनामा संलग्न छोटुको खोजि कार्य जारी रहेको प्रहरीले बताएको छ ।


