प्रसिद्ध ज्योतिष पण्डित डा अधिकारी दम्पत्तिले बाँडे चेपाङ बस्तीमा राहत

चितवन । प्रसिद्ध ज्योतिष पण्डित एवं गीतकार तथा समाजसेवी डा. रुद्रनाथ अधिकारीले पूर्वी चितवनको विकट इच्छाकामना गाउँपालिका–२, तेर्से, मायाटारको चेपाङ बस्तीमा दसैंको अवसरमा राहत वितरण गरेका छन्। 

विपन्न दुई सय जना चेपाङलाई उनले चामल, चिउरा र न्यानो कपडा, ओढ्नको लागि कम्बल वितरण गरेका हुन्। पूर्वीचितवन रोटरी क्लबको समन्वयमा डा.अधिकारीकी धर्मपत्नी लक्ष्मी अधिकारीसहितको टोलीले राहत वितरण गरेको हो। 

लामो समयदेखि स्वदेश तथा विदेशमा ज्योतिषीय, कर्मकाण्ड, ध्यान योग र तन्त्रमा प्रसिद्धि कमाएका अधिकारीले दसैंमा दुःख, पीडा र निराशा नहोस भनेर राहत लिएर पुगेको बताए। 

पूर्वीचितवन रोटरी क्लबका अध्यक्ष गुणबहादुर अर्याल, संस्थापक अध्यक्ष तथा स्थानीय समाजसेवी राममणि न्यौपाने, पूर्वअध्यक्ष परमात सेढाईलगायतले राहत वितरणमा सहजीकरण गरेका थिए। 

विन्दु सिंजाली थापा मगरले संचालन गरेको कार्यक्रममा अधिकारीले अत्ति विपन्न परिवारलाई यस्तो सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

अधिकारी भन्छन्,‘मैले चितवन जस्तो विकसित र शिक्षित जिल्लामा पनि यति धेरै विकट ठाउँ, चरम गरिबी, अशिक्षा अनि भोकमरी होला भन्ने सोचेको थिइनँ। यो कल्पनाभन्दा बाहिर थियो, जहाँको भौगोलिक विकटता, न्यूनतम आधारभूत आवश्यक्ताहरु अभावका साथसाथै चेतनाको स्तर समेत आजको २१औं शताब्दीमा यस्तो शुन्य अवस्था देख्दा मुटु, धड्कन र मस्तिष्क नै ठप्प भएर रोकिएको अनुभव भएको छ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।