सुनसरीको बराहक्षेत्रबाट १० केजी गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, रानी खोलास्थित क्षेत्रमा प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा राति करिब १२ः२० बजेतिर रानी खोलाको छेउमा चेकजाँच गर्दा झाडीभित्र बोरामा प्याक गरी लुकाइ–छिपाइ राखिएको अवस्थामा करिब १० केजी गाँजा फेला पारेको हो।

बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीमा लगिएको प्रहरीले जनाएको छ।

लागूऔषध कसले, कहाँबाट ल्याइयो भन्नेबारे प्रहरीको अनुसन्धान जारी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖