इटहरीमा लेनदेन विवादमा कुटपिट, एक जनाको हत्या

इटहरी । इटहरी उपमहानगरपालिका–१६, उब्दीमा सामान्य लेनदेनको विवाद ज्यान लिने घटनामा परिणत भएको छ।

बुधबार राति करिब ९ः३० बजे स्थानीय ४२ वर्षीय रामकुमार चौधरीको कुटपिटका कारण मृत्यु भएको हो।प्रहरीका अनुसार सोही स्थानका करिब ५०–५५ वर्षीय लाल चौधरीले लेनदेनको विषयमा वादविवाद गर्ने क्रममा रामकुमारलाई कुटपिट गरेका थिए। कुटपिटका क्रममा टाउकोमा गम्भीर चोट लागेपछि उनको अवस्था गम्भीर बनेको थियो।

घाइते चौधरीलाई परिवारले तत्कालै इटहरीस्थित सान्वी सिटी अस्पताल पुर्‍याए। तर, सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो।

सोही अस्पतालमा उपचारकै क्रममा राति ११ः२० बजेतिर उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहाको कमाण्डमा टोली खटिएको थियो।घटनामा संलग्न लाल चौधरीलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

हाल मृतकको शव अस्पतालमै राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।