विराटनगरबाट ८ जना जुवाडे पक्राउ
विराटनगर ।विराटनगरबाट ८ जना जुवाडे पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका वडा नं. ८ मधुमारा बस्ने गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा ८ जना मानिसहरुलाई नगद रु.९७ हजार १ सय ६५ रुपैया र ५ बुङ्ग तास सहित नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक अनसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


