विराटनगरमा ९० किलो अवैध माछा नियन्त्रण
मोरङ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ११ स्थित बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले करिब ९० किलो अवैध माछा वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
प्रहरीले फेला पारेको माछा जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।


