नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक

विराटनगर । भारतको जोगवनी बजारमा उत्पन्न तनावका कारण साम्प्रदायिक दंगा भड्किने सम्भावना बढेपछि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगरको रानी नाकामा कडाइ गरिएको छ।

तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। शुक्रबार बिहानदेखि दुई समुदायबिचको विवाद चर्किएपछि जोगवनीमा झडप भएको जानकारी आएकाले सीमा नाका बन्द गर्नु परेको उनको भनाइ छ।

नेपाली सुरक्षाकर्मीले प्राप्त गरेको जानकारी अनुसार सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे आपत्तिजनक टिप्पणी गरिएको भन्दै सुरुमा मुस्लिम समुदाय विरोधमा उत्रिएको थियो। सोही क्रममा बजरंग दलका युवाहरू पनि विरोधमा सहभागी भएपछि मुस्लिम र हिन्दू समुदायबीच दोहोरो झडप भएको बताइएको छ।

झडपपछि जोगवनीको वातावरण तनावग्रस्त बनेको छ। लाट्ठी र भालासहित दुवै समुदाय सडकमा उत्रिएपछि ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी परिचालन गरिएको र केही स्थानमा तोडफोडसमेत भएको बताइएको छ। परिस्थिति नियन्त्रण बाहिर जाने खतरा बढेसँगै भारतीय अधिकारीहरूले दुवै पक्षलाई संयमित हुन आग्रह गरेका छन्। तनाव बढेसँगै विराटनगरको रानी नाकाबाट नेपालीहरुलाई जोगवनी प्रवेश गर्न दिइएको छैन।

किनमेलका लागि गएका सयौं नेपालीहरू भाग्दै नेपाल फर्किएका छन्। जोगवनीतर्फ जान लागेकाहरुलाई रानी नाकामै रोकिएको छ। विराटनगरको रानी नाकामा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी खटाइएको छ।

सुरक्षाकर्मीले नेपाली नागरिकलाई जोगवनी प्रवेश गर्न रोक लगाएका छन्। प्रजिअ यादवका अनुसार अहिले जोगवनीतर्फ जाने आवतजावत पूर्णरुपमा रोकिएको छ। ‘स्थिति साम्य भएपछि मात्र नाका खोलिन्छ,’ उनले भने।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।