मोरङमा तिम्ल्याहा सन्तानको जन्म
मोरङ । मोरङकी एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन् । शुक्रबार बिहान करिब ४ बजे रतुवामाई नगरपालिका–६ निवासी प्रदीप नेपालीकी श्रीमती सविता दाहाल नेपालीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।
एकैपटक जन्मिएका सन्तानमध्ये एक छोरी र दुई छोरा रहेका छन् । परिवारका अनुसार आमा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
स्वास्थ्य संस्थाका चिकित्सकहरूका अनुसार तिम्ल्याहा सन्तान जन्मनु दुर्लभ घटना हो । यस्ता अवस्थामा आमा र बच्चाको स्वास्थ्य जोखिमपूर्ण हुने भए पनि चिकित्सकको निरन्तर निगरानी र समयमै गरिएको उपचारका कारण आमा र बच्चा सुरक्षित रहेको बताइएको छ ।
रतुवामाई–६ का प्रदीप नेपाली दम्पतीका तिम्ल्याहा सन्तान —-एक छोरी र दुई छोरा।
तिम्ल्याहा सन्तान जन्मनु चिकित्सकीय दृष्टिकोणले असाधारण भए पनि विगत केही वर्षयता नेपालका विभिन्न स्थानमा यस्ता घटना सार्वजनिक भएका छन् । विशेषज्ञहरूका अनुसार यस्ता घटनामा उच्चस्तरको स्वास्थ्य सुविधा र नियमित हेरचाह अनिवार्य हुन्छ ।-कोशी पेज


