सुनसरीमा बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा बरामद

सुनसरी, असोज १२ गते । सुनसरीको कोशी गाउँपालिका- ७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।

चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अबस्थामा फेला पारी बरामद गरेको हो ।

गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न ब्यक्तिहरुको खोजतलास भईरहेको छ ।

यसै गरी उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका-१७ की लिला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान- ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।