टेन्टमुनि विराटनगर महानगरको कार्यपालिका बैठक

विराटनगर । जेनजी आन्दोलनका क्रममा प्रशासनिक भवन ध्वस्त भएपछि विराटनगर महानगरपालिकाको कार्यपालिका बैठक टेन्टमुनि बसेको छ ।

आइतबार मेयर नागेश कोइरालाको अध्यक्षतामा तथा उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसहित कार्यपालिका सदस्यहरुको उपस्थितिमा बैठक बसेको हो ।

बैठकले प्रशासनिक भवनसहित आगजनी र तोडफोड भएका वडा कार्यालयहरुको पुनर्निर्माणलाई तीव्रता दिने, महानगरबाट प्रवाह हुने अत्यावश्यक सेवालाई थप प्रभावकारी बनाउनेलगायतका निर्णय गरेको छ ।

बैठकमा मेयर कोइरालाले हतोत्साहित नभई भएका स्रोतसाधनबाट जनताका सेवामा लाग्न जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गरेका थिए ।

कोइरालाले जनताको महानगरवासीको सेवाका लागि संस्थागत र व्यक्तिगत सहयोग गर्न आफू सधैं तत्पर रहेको प्रतिबद्धतासमेत जनाए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖