कोशीमा प्रहरी निरीक्षक कविन राई भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, असोज १२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले भदौ २८ गते विराटनगर महानगरपालिका-१५ स्थितबाट बन्दाकोपी बोकेको मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीमा लुकाई छिपाई राखेको २ सय ६२ किलो ५८० ग्राम गाँजा सहित संलग्न ३ जना मानिसलाई नियन्त्रणमा लिन सफल भएको यसै गरी विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट चोरी भएको Laptop-११ थान, मोटरसाइकल थान, अटो टेम्पो-३ थान, सिटी रिक्सा-१ थान, स्कुटर-४ थान, १२ भोल्टको ब्याट्री-१४ थान, Invertor-३ थान, सोफा- ४ थान, फ्रिज-२ थान, AC-१ थान, Electrical Oven-१ थान, Stand Fan-२ थान र इन्डक्सन चुलो-१ थान फेला पारी सम्बन्धित धनीलाई बुझाएको साथै विराटनगर महानगरपालिका-१३ र १५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरोसँगको समन्वयमा ३ सय ३७ ग्राम लागू औषध ब्राउनसुगर सहित कारोबारमा संलग्न ३ जनालाई नियन्त्रणमा लिन सफल भएको हुँदा निज प्रहरी निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।