धनकुटाका एक जना बोरामा प्याक गरि राखेको लागू औषध गाँजा २ सय ७५ किलिग्राम सहित धरानबाट परे पक्राउ

विराटनगर, असोज १३ गते । सुनसरी र मोरङबाट लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको धरान- ४ स्थितमा बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT, इलाका प्रहरी कार्यालय धरान, भेडेटार र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले प्लास्टिको बोरामा प्याक गरि राखेको लागू औषध गाँजा २ सय ७५ किलिग्राम सहित धनकुटा साँगुरीगढी गाउँपालिका- ८ का १९ बर्षीय बिबसन राईलाई नियन्त्रणमा लिएको हो ।

त्यसैगरि कोशी गाउँपालिका- ५ स्थितबाट अस्थायी प्रहरी पोष्ट कटानले बेवारीसे अवस्थामा रहेको ४७ किलोग्राम गाँजा बरामद गरेको हो । त्यसैगरी भोक्राहानरसिंह गाउँपालिका- २ बाट प्रहरी चौकी भोक्राहाले ट्रामाडोल (६८६ पत्ता) ६ हजार ८ सय ६० क्याप्सुल बरामद गरेको हो ।

त्यस्तै मोरङको बिराटनगर- ११ बाट वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी गाउँपालिका- ४ की २१ बर्षीया इसिका मगरलाई ट्रामाडोल ४२ क्याप्सुल र डिकोलिक ६ पिस सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖