इटहरीमा जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई परिवारले पाए सरकारी राहत

इटहरी । जेन-जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका इटहरीका दुई युवाका परिवारले १९ दिनपछि मात्र सरकारी राहत पाएका छन् ।

समयमै राहत नपाउँदा अभिषेक श्रेष्ठ र मोहन सरदारका परिवारले दाहसंस्कार तथा काजक्रियामा संघ–संस्था र व्यक्तिबाट आएको सहयोगमा भर पर्नुपरेको हो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार मन्त्रिपरिद्को निर्णयअनुसार प्रत्येक मृतक परिवारलाई गृह मन्त्रालयबाट १५ लाख रुपैयाँ र प्रदेश सरकारबाट किरिया खर्चबापत १ लाख प्रदान गरिएको हो ।
राहतस्वरूप १० लाख र क्षतिपूर्तिबापत ५ लाख गरी १५ लाख रकम प्रदान गरिएको हो ।इटहरी १६ बस्ने श्रेष्ठ र इटहरी १४ घर भएका सरदारको भदौ २३ गते इटहरी चोकमा गोली लागेर निधन भएको थियो ।

तर भक्तपुरमा प्रहरीको गोली लागी मृत्यु भएका धरानका साजन मेवाहाङको परिवारलाई भने अझै राहत रकम पाइएको छैन ।आमाबाबु र दाजुको निधन भइसकेका साजनका दुई नाबालक छोराको भविष्य अनिश्चित बनेको छ ।

स्थानीयहरूका अनुसार सरकारले राहत ढिलो गर्दा समाजले अस्थायी सहयोग गरेको छ ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖