दिक्तेल जाँदै गरेको सुमो बिजुलेमा दुर्घट्ना, सात घाईते
खोटांग । काठमाण्डौदेखि दिक्तेल जाँदै गरेको सुमो अर्खौलेस्थित बिजुलेबजार नजिक दुर्घट्ना हुँदा सात जना घाईते भएका छन्। ना १ ज ६०९४ नम्बरको सुमो सोमबार बिहान मध्यपहाडी लोकमार्ग सडकमा अनियन्त्रित भई सडकभन्दा १० मिटर तल खस्दा बालकसहित दुई पुरुष, चार महिला घाईते भएका हुन्।
घाइते हुनेमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–५ गुदेलका ४७ वर्षीय खडक नारायण राई, काठमाण्डौ महानगरपालिका जोरपाटीकी ३२ वर्षीया मिस्मा राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षीय देबराज घिमिरे, दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ स–छितापोखरीकी २६ वर्षीया सरु कुसुम राई रहेकी छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अस्पताल चोककी १९ वर्षीया रुमिका राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मामा २ वषीय बालक पायल राई र टेम्माकै २३ वर्षीया सलिना राई रहेकी छन् । घाइतेहरुको टाउको, हात, खुट्टा, अनुहार, घाँटीमा चोट लागेको छ।
घाइतेहरुको जिल्ला अस्पतालामा उपचार भईरहेको प्रहरीले जनाएको छ। सुमो चालक हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा कदुवाका २१ वर्षीय बिक्रम राई सकुसल रहेका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुमोमा चालकसहित १३ जना सवार थिए। – समायोजन खबर


