दशैंको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे बर्षाको सम्भावना

काठमाडौ – यसपाली दशैंको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे बर्षाको सम्भावना देखिएको मौसमबिद्हरुले बताएका छन् ।

गएको वर्षको असोजको जस्तै बर्षा हुने गरी प्रणाली विकास भइरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा प्रणालीहरु विकास भइरहेकोले भोलीदेखि हल्का, मध्यम हुँदै विजयादशमीको बेलुकादेखि पूर्वी नेपालमा मुसल्धारे बर्षाको संभावना छ । यो प्रणालीको असर तीन चार दिनसम्म देखिने संभावना छ ।

यस्तै जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले पनि दशैंको टीकाको भोलिपल्टदेखि मुसल्धारे वर्षा गराउने गरी प्रणाली विकास भइरहेको जानकारी गराउनुभएको छ । सामाजिक संजाल फेसबुकमा लेख्दै उप्रेतीले असोज १८ गते अघि पनि ठाउँठाउँमा बर्षाको संभावना रहेको र १८ गतेदेखि पूर्वी नेपाल हुँदै बर्षाको अत्यधिक संभावना रहेको उल्लेख गर्नुभएको छ ।

भारतको मौसम बिभागले असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बङ्गाल, बिहारमा अत्यधिक बर्षाको चेतावनी जारी गरिसकेको छ । नेपालमा भने असोजको १७ गतेराति देखि कोशी प्रदेशबाट प्रवेश गरि असोज १९/२० गतेसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेश को तल्लो भाग सम्म पुग्ने देखिएको उप्रेतीले जानकारी दिनुभयो ।

दशैंमा घर गएकाहरु फर्कने समय भएकोले फर्कनु अघि मौसम र बाटोको अबस्थाबारेमा जानकारी लिन मौसमबिद्को सुझाव छ । यस्तै धान लगायतका बाली भित्राउने समय भएकोले १७ गतेदेखी ४–५ दिन बाली नभित्राउन मौसमबिद्को सुझाव छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।