झापामा बस दुर्घटना : मृत्यु हुनेको संख्या ३ पुग्यो
झापा । झापाको बिर्तामोड–६ बुट्टाबारीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३ जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक दर्जनभन्दा बढी घाइते भएका छन्, जसको उपचार नजिकैका अस्पतालमा भइरहेको छ।
मृतकहरूको पहिचान खुल्न बाँकी छ।


