बर्दिबासमा बस दुर्घटना,एक जनाको मृत्यु

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–खैरमारामा आज बिहान भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४६३० नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको छ।

बसमा सवार २० जना घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूमध्ये एकजना सवारीसाधनमै च्यापिएको अवस्थामा भेटिएको र उद्धारपछि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको वास्तविक कारण खुलेको छैन। घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।