मोरङमा लामो दूरीका बस सेवा स्थगित

मोरङ । दशैंको भीडभाडसँगै बढेको यात्रु चापलाई नियन्त्रण गर्ने प्रयास स्वरूप मोरङ जिल्लामा लामो दूरीका बस सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यात्रुको भीड व्यवस्थापन, सुरक्षामा थप चुनौती र टिकट व्यवस्थापनमा देखिएको समस्या समाधान नभएसम्म लामो दूरीका बस सेवा सञ्चालन नगर्ने निर्णय गरेको हो ।

प्रशासनले विशेष गरी विराटनगर, रंगेली, बेलबारी, पथरी–शनिश्चरे लगायतका मुख्य बसपार्कबाट छुट्ने पूर्वपश्चिम राजमार्ग हुँदै देशका विभिन्न स्थान जाने बस सेवामा रोक लगाएको जनाएको छ । यसअघि नै दसैंका लागि अग्रिम टिकट काटेका यात्रुलाई असुविधा नहुने गरी वैकल्पिक व्यवस्था मिलाइने भन्दै जिल्ला प्रशासनले सम्बन्धित यातायात व्यवसायी संघसँग समन्वय गर्न निर्देशन दिएको छ ।

यात्रु चापसँगै बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकट कालोबजारीजस्ता समस्या बढ्दै गएको गुनासो आएपछि यस्तो निर्णय लिनु परेको प्रशासनले जनाएको छ । यातायात व्यवसायी संघ मोरङका पदाधिकारीले भने निर्णयका कारण यात्रु थप समस्यामा पर्ने बताएका छन् ।

प्रशासनले सुरक्षाका कारण र यात्रुको सहज आवागमनलाई दीर्घकालीन रूपमा सहज बनाउन आवश्यक तयारी पूरा भएपछि मात्र लामो दूरीका बस पुनः सञ्चालनमा ल्याइने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।