इलामका कुशलको शव शंकास्पद अवस्थामा फेला
इलाम । इलाम नगरपालिका वडा नं. १ साखेजुङमा अन्दाजी २२ वर्षीय किशोर कुशल लोक्ताम झुण्डिएको अवस्थामा आज बिहान फेला परेको छ ।
श’व पोष्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल इलाममा ल्याएको सो वडाका वडा सदस्य मनकुमार गुरुङले बताए । उनको मृ’त्यु शंकास्पद रहेको स्थानीयले बताएका छन् ।
चोटपटक रहेको पनि स्थानीयले बताएका छन् । स्थानीयहरुका अनुसार हिजो साँझ किशोर र स्थानीय युवाबिच झगडा परेको बताईएको छ ।
झगडा परेको स्थानमा मृ’तकको चप्पल समेत फेला परेको छ ।-निलोपाटीबाट


