सुनसरी सहित २० जिल्ला उच्च जोखिममा,माइकिङ गर्दै सशस्त्र प्रहरी
सुनसरी । सशस्त्र प्रहरीले सुनसरीकाे चतरा,लाैकही,उल्टी,इटहरी र सुनसरी खाेला सहितका क्षेत्रमा माइकिङ गरिरहेकाे छ ।
अविरल वर्षाका कारण हुन सक्ने डुबान र क्षतिलाई मध्यनजर गर्दै जाेखिम क्षेत्रमा निरन्तर सचेत गराउने कार्य जारी राखेकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले जनाएकाे छ ।
माैसम पूर्वानुमान महाशाखाका अनुसार सुनसरी सहित २० जिल्ला उच्च जाेखिममा छन ।


