संखुवासभाको खाँदबारीबाट छुट्ने लामो दूरीका यातायात सेवा अस्थायी रूपमा बन्द
संखुवासभा । निरन्तर वर्षाको कारण देशका विभिन्न स्थानहरूमा बाढी तथा पहिरोको जोखिम बढेकोले संखुवासभा जिल्लाको खाँदबारीबाट छुट्ने लामो दूरीका यातायात सेवा अस्थायी रूपमा बन्द गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सबैलाई सचेत र सतर्क रहन समेत आग्र गरेको छ ।


