झापामा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु
झापा । झापामा सवारी दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिकामा बिर्तामोड ५ निवासी २५ बर्षीया निरुता भट्टराई रहेका छन् ।
स्कुटर दुर्घटनामा घाइते निरुतालाई उपचारका लागि बिएण्डसी अस्पताल ल्याइएकोमा स्कुटर चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।


