मोटरसाइकल दुर्घटनामा झापाका पौडेलको मृत्यु

तौलिहवा । तौलिहवा–गोरुसिङ्गे सडकखण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि झापाका एक युवाको ज्यान गएको छ ।

बुद्धभूमि नगरपालिका–२, गोरुसिङ्गे चोकमा इभी गाडीमा ठोक्किएको मोटरसाइकल पुनः स्कर्पियोमा ठक्कर खाएको थियो।

दुर्घटनामा परि झापाको बुद्धशान्ति गाउँपालिका निवासी २७ वर्षीय लोचन पौडेल सवार प्रदेश १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकल गम्भीर रूपमा क्षतिग्रस्त बनेको छ।उनी सवार मोटरसाइकल पहिलो पटक इभीमा ठोक्किएपछि नियन्त्रण गुमाएर छेउमै रहेको स्कर्पियोमा ठोक्किएको बताइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गम्भीर घाइते पौडेललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि दुवै सवारीसाधन नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ।-बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।